Tuesday, May 1, 2012

नेपाली समाजमा कथावाचन परम्परा

-यमबहादुर दुरा

वेद, पुराणजस्ता धार्मिक ग्रन्थहरु हजारौं वर्षअघि लेखिएका हुन् । ती ग्रन्थका गहिरा र ओजस्वी सन्देशहरु पूर्वीय समाज हुँदै पाश्चात्य समाजमा पनि अनवरत रुपमा प्रवाहित भइरहेका छन् । ग्रन्थमा लिपिवद्ध भएका यी सन्देशहरु मूलतः मौखिक रुपमै समाजमा प्रवाहित हुने गरेका छन् । निरक्षरता उन्मूलन नभइसकेको हाम्रोजस्तो समाजमा संचारको मौखिक माध्यम नै बढी प्रभावकारी छ । त्यसैले लिखित रुपमा रहेका ग्रन्थका सन्देशहरु कथावाचनको माध्यमबाट मौखिक रुपमा प्रवाह भएको हुनुपर्छ ।

नेपाली समाजको साक्षरतासम्बन्धी पृष्ठभूमि र सामाजिक एवम् सांस्कृतिक वास्तविकताहरुले सूचना प्रवाहको लिखित माध्यमभन्दा मौखिक माध्यमलाई बलियो गरी अंगीकार गरेको देखिन्छ । अक्षरका रुपमा रहेका सन्दर्भ सामाग्रीलाई आवाजमा बदलेर सुन्ने र सुनाउने पुरानो परम्पराले आज पनि निरन्तरता पाइरहेको छ चाहे त्यो साक्षरता दर कमजोर भएको पूर्ववर्ती समाज होस् वा साक्षरता दर उकालो लाग्दै गरेको वर्तमान समाज नै किन नहोस् । 

हाम्रो समाज मूलतः  श्रुतिपरम्परामा आधारित छ । नेपाली समाजमा पूजापाठमा मन्त्रोच्चारण गर्नेदेखि आशीर्वचन दिनेसम्मका कुराहरु मौखिक रुपमै चल्ने गरेका छन् । हाम्रा लालाबालाले बाजे बज्यैका काखमा बसेर चाखलाग्दा लोककथा एवम मन्त्रोच्चारण सुन्नेदेखि लिएर अन्य उमेरका नागरिकहरुले पण्डित बसेको आसनलाई घिरिन्तै घेरेर धार्मिक एवम् आध्यात्मिक प्रसंगहरुलाई कथाको रुपमा रस मानिमानी सुन्ने प्रचलन हामीकहाँ छँदैछ । यसलाई वृहत्तर नेपाली संस्कृतिको एउटा हिस्सा नै मान्न सकिन्छ । शास्त्रका गहिरा र ओजस्वी प्रसंगहरुलाई कथात्मक शैलीमा मौखिक रुपमा सुन्ने र सुनाउने प्रचलनले धेरै अघिदेखि नै परम्पराकै रुप धारण गरेको छ । तिनीहरु अहिलेको सूचना प्रविधिसंगै जन्मिएको 'अडियो बुक' भन्दा कयौं गुणा शक्तिशाली एवम् प्रभावकारी छन् ।

शास्त्रका कुरा मुखमा ल्याएर वोधगम्य र लालित्यपूर्ण भाषामा कथा हाल्न सक्ने सिपालु कथावाचकहरुको हाम्रो समाजमा उच्च स्थान रहेको छ । कतिपय बूढापाकाले त तिनै कथावाचकहरुलाई भगवानकै रुप मानेर श्रद्धाभाव प्रकट गर्ने गरेको पाइन्छ । यतिमात्र होइन कतिपय अवस्थामा त नेपाली समाजका कथावाचक वा पण्डितहरु स्थानीयस्तरका शक्तिकेन्द्र पनि बन्ने गरेको पनि भेटिन्छ । यिनै आधारहरुमा भन्न सकिन्छ,  श्रुतिपरम्पराले हाम्रो समाजसंग गहिरो नाता गाँसेको छ ।

गाउँघरमा विभिन्न समयमा आयोजना गरिने श्रीमद् भागवत, पुराण, सप्ताह, नवाह, स्वस्थानी व्रतकथा, रामायणजस्ता अनुष्ठानहरुमा सहभागी हुन आउनेहरु भक्तजन र सर्वधारणहरुले कथावाचकमार्पुत् लौकिक र परलौकिक विषयवस्तुसंग सम्बन्धित जानकारीहरु प्राप्त गर्छन् । यस्ता अनुष्ठानहरुले हाम्रा आध्यात्मिक तथा सामाजिक मूल्य मान्यताहरुलाई एउटा पुस्ताबाट अर्को पुस्तामा र एउटा वर्गबाट अर्को वर्गमा हस्तान्तरण वा विस्तार गर्न सघाउँछन् । यद्यपि वहुलवाद केन्द्रमा रहेको  वर्तमान समयमा ती मूल्य मान्यताहरु छलफल र वादविवादको विषय भने निश्चय नै बन्न सक्छन् ।

कथावाचनले प्रधानता पाएको यस्ता अनुष्ठानहरुले शास्त्रमा उल्लिखित आध्यामिक र दार्शनिक मान्यताहरुलाई जनजनसम्म फैलाउने काम त गरेको छ नै त्यसका अतिरिक्त विविधतायुक्त नेपाली समाजलाई एकसूत्रमा बाँध्ने काम पनि गरेको छ । यी अनुष्ठानहरु आयोजना गर्दा हुने जमघटले सामाजिक सद्भाव विस्तार,  अन्तरसामुदायिक सहकार्य र सामाजिक समीकरणको मीठो परम्परालाई नजनिंदो ढंगले योगदान दिइरहेको पाइन्छ । कथावाचन परम्पराको यी सुन्दर पक्षहरुलाई मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ ।

अर्कोतिर यस्ता अनुष्ठानहरुले लोककल्याणकारी काममा ठूलै टेवा दिने गरेको पाइन्छ । स्थानीयस्तरमा विद्यालय भवन वा क्याम्पस स्थापना गर्न सप्ताह वा अन्य यस्तै अनुष्ठानको चाँजोपाँजो मिलाएर गरेर करोडौं रकम जम्मा गरिएको समाचार मिडिया आउने गर्छन् । परनिर्भरताको सँस्कृतिले देशलाई निल्नै लागेको बेलामा आत्मनिर्भरताको सन्देशसहित आएका यस्ता समाचारलाई फगत समाचारको रुपमामात्र लिइनु हुँदैन, यिनलाई त देश निर्माणका क्रम प्रवाह भएका शुभसमाचारका रुपमा लिनुपर्ने हुन्छ । 

सानातिना कामका लागि पनि विदेशी दातृनिकायको मुख ताक्ने परिपाटीले नेपाली समाज परनिर्भर बन्दै गइरहेको घडीमा जनस्तरबाट स्वःस्फूर्त रुपमा लोककल्याकारी काममा जनलहर उठ्नु नितान्त वन्दनीय कार्य हो । एक हिसावले भन्दा कथावाचन परम्पराले नागरिकको मन जितेर रक्तपातविहीन ढंगले आर्थिक सामाजिक एवम् सांस्कृतिक क्रान्ति गरिरहेको छ । हामीलाई थाहै छ, नागरिकको मन जितेर गरिएको क्रान्ति नै दीगो र सफल हुन्छ । समाजलाई आत्मनिर्भरताको गोरेटोमा अघि बढाउन यस्ता कार्यहरुलाई हदैसम्म प्रोत्साहित गर्नुपर्ने देखिन्छ । 

कथावाचनको लामो परम्पराले धार्मिक र आध्यात्मिक क्षेत्रको कथामात्र भनिरहेको छैन, नेपाली समाजको रसायनशास्त्र र मेलमिलापको गाथा पनि गाइरहेको छ । यो गौरवगाथालाई हामी सबैले स्वर उरालेर गाउन आवश्यक छ । 'वहुजन हिताय वहुजन सुखाय' को मान्यतालाई आत्मसात गरेर समाजमा विद्यमान कथावाचन परम्परालाई वृहत्तर सामाजिक हितमा उपयोग गर्दा हामी सबैको हित हुन्छ ।

[२०६९ साल बैशाख २० गते  'मेलमिलापका लागि कथावाचन' शीर्षकमा राजधानी दैनिकमा प्रथम पटक प्रकाशित ] 
[अद्यावधिक  मिति : २०६९।०१।२१]

Saturday, April 28, 2012

सपनाको देश अमेरिका पुग्दा...

धेरैको 'सपनाभूमि' मानिएको अमेरिका एकहदसम्म मेरो पनि 'सपनाभूमि' नै थियो । जिन्दगीको लामो कालखण्ड बितिसक्दा पनि त्यतातिर जाने कुनै योजना बनाएको थिइनँ । पछिल्लो घडीमा त त्यो योजना झन् पूरापूर अलपत्र नै थियो । तर कसो कसो अमेरिका जाने साइत जुर्यो । धेरैको 'सपनाभूमि' बनेको अमेरिकामा अनपेक्षित रुपमा पाइला टेक्ने भइयो । अमेरिकी राजदूतावासको चाँजोपाँजोमा एक अध्ययन भ्रमण त्यसतर्फ जाने भएँ । ओहाइयो विश्वविद्यालयअन्तर्गत रहेको 'इडब्लू स्कूल अफ जर्नलिज्म' मा पत्रकारिता र आमसंचारबारे अध्ययन गर्न २०६८ साल असार १७ गते अमेरिकातर्फ लागें । अध्ययन भ्रमण देशका आमसंचार र पत्रकारिता पढाउने शिक्षकहरु सामेल थिए । यसमा १७ देशको सहभागिता थियो ।

अमेरिका जाने निधो भएपछि त्यहाँ रहनुभएका साथीसंगीहरुलाई 'फेसबुक' मार्फत भ्रमणबारे जानकारी दिन थालेको थिएँ । मैले आफ्नो भ्रमणबारे जानकारी गराएका मित्रहरुको 'हिट लिस्ट' मा विष्णु शीतल र गिरिश पोखरेल हुनुहुन्थ्यो । उहाँ दुवैजनाले वासिङ्टन आउँदा सम्पर्क गर्नुहोला भनेर बेग्लाबेग्लै फोन सम्पर्कमा भन्नुभएको थियो । साथीसंगीहरुको गुलियो बचनले मेरो मन फुरुङ्ग भएको थियो ।

ओहाइयो विश्वविद्यालयमा अनौपचारिक अध्ययन पूरा गरेपछि अमेरिकाको केही राज्यहरु चाहरेर वासिङ्टन आइपुगें । वासिङ्टनमा घुम्नलायक थुप्रै ठाउँ छन् । तर एक एक गरेर सबै घुम्नलाई हामीसंग समय थिएन । यसलाई ख्याल गरेर होला,  आयोजकहरुले ट्रली बसको टिकट काटिदिएका रहेछन् । त्यस टिकट प्रयोग गरेर बसमा सिङ्गो  वासिङ्टन घुम्ने मौका मिल्यो । बसका ड्राइभरले निकै फूर्तिलो शैलीमा ठाउँको ब्रिफिंग गथ्र्यो ।

उनले अमेरिकाका घरबारविहीनहरुको बारेमा पनि ब्रिफिंग गरेको थियो । उनका अनुसार वासिङ्टनमा मात्र ५ हजारको संख्यामा घरबारविहीनहरु छन् । पार्क एवम अन्य सार्वजनिक स्थलमा रात बिताउने ती अधिकांश घरबारविहीनले आफ्नो सामान राखिएको ठेलामा अमेरिकाको झण्डा फहराउने गर्दा रहेछन् ।

वासिङ्टन घुम्न निस्कँदा जानैपर्ने ठाउँ 'न्यूजियम' पनि हो । पत्रकारिताको विद्यार्थीले झन छुटाउनै नहुने ठाउँ हो यो । पत्रकारिता र आमसंचारको संग्रहालयको रुपमा रहेको 'न्यूजियम' भ्रमण गर्दा मिडियाको विगत र आगतबारे थुप्रै जानकारी पाउन सकिन्छ । मेरो लागि त त्यस 'न्यूजियम' मिडियाको अघोषित विश्वविद्यालय नै हो ।

अमेरिकाको सुन्दर शहरहरुमध्ये एक मानिने वासिङ्टन आइपुग्दा नेपाल फर्कने घडी पनि नजिकिँदै थियो । अध्ययन भ्रमण कार्यक्रमअन्तर्गत घुमघाम र भेटघाटको व्यस्त तालिकाबाट अतिकति समय निकालेर विष्णु शीतल र गिरिश पोखरेलसंग फोनमा बात मारें । व्यस्त जीवनशैलीको मध्यधारमा रहेका कामकाजीहरुलाई फुर्सद निकाल्न गाह्रो पर्ने रहेछ ।

व्यस्तताको बीचमा विष्णु शीतलले आफ्नो निवासमा आउनका लागि निम्ता दिनुभयो । जान मन भए पनि म एक्लै उहाँको निवासमा पुग्न सक्तिनथें । यही वास्तविकतालाई बुझेर उहाँ मलाई लिनका लागि म बसेको होटलमा आउने हुनुभयो । यसका लागि मैले उहाँलाई होटलको अवस्थिति (लोकेसन) बताउनुपर्ने थियो ।

वासिङ्टन मेरो निम्ति नितान्त नयाँ ठाउँ थियो । त्यहाँको भूगोल र जीवनशैलीसित म धेरै हदसम्म अपरिचित थिएँ । रिसेप्सनमा फोन गरेर होटलको ठेगाना मागे पनि हुन्थ्यो । मैलै त्यसो गरिन । आफ्नै अघिल्तिर रहेको होटलको सरसफाइ गर्ने कामदारसंग होटलको ठेगाना बताइदिन आग्रह गरें । उनी भियतनामी रहिछन् । अमेरिकामा बसेर काम गर्न थालेको ६ वर्ष जति भएको रहेछ । उनले होटलको यथार्थ अवस्थिति बताउन सकिनन् तर उनले आफ्नो साथीसंग सोधेर कागजमा टिपेर दिइन् । त्यतिबेला ती भियतनामी महिलाले राम्रै गुन लगाइन् । त्यही आधारमा विष्णु शीतललाई 'भ्वाइस मेसेज' टिपाएँ । यसलाई अनुसरण गर्दै उहाँ मलाई लिन आउनुभयो  ।

हाम्रो टोली मेरियट होटलमा बसेको थियो । मलाई लिन विष्णु शीतल आउँदै हुनुहुन्थ्यो । म होटलको लबीमा प्रतीक्षारत थिएँ ।

यत्तिकैमा एकजना किशोरले मेरो छेउमा आएर शिष्ट र नम्र भाषा भने 'तपाई दुरा अंकल होइन ?' उनी विष्णु शीतलको छोरा रहेछ ।

मैले भनें 'हो ।'

'बुवा आउनुभएको छ । गाडी पार्क गदै हुनुहुन्छ ।' उनले भने ।

नभन्दै विष्णु शीतल गाडी साइड लगाउँदै हुनुहँदो रहेछ । समयको लामो अन्तरालपछि उहाँसंग भेटघाट भयो । २०५७ सालतिर 'नेपाल समाचारपत्र' मा काम गर्न जाँदा उहाँसंग भेटघाट भएको थियो । त्यतिबेला उहाँबाट प्राप्त सहयोग र सद्भाव म निकै प्रभावित थिएँ । उहाँ 'नेपाल समाचारपत्र' मा आर्थिक बिट हेर्नुहुन्थ्यो । समयक्रममा उहाँ सपरिवार अमेरिकातिर लाग्नुभयो ।


एक युगमा एक दिन : विष्णु शीतलले समयलाई साक्षी राखेर आइफोनबाट खिच्नुभएको हामी दुईको तस्बिर
म उहाँको गाडीमा बसें । यसपछि 'नेविगेटर' को सहारामा हाम्रो यात्रा अघि बढ्यो । उहाँले बाटो भुल्नुभयो । केही समय एउटै बाटोमा ओहोरदोहोर गर्नुपर्ने अवस्था आयो । तर गन्तव्य पत्ता नलाग्ने कुरै भएन । हामी कोलम्बसको जस्तो कुनै भयानक अन्वेषणात्मक सामुन्द्रिक यात्रामा थिएनौं ।

बाटो चौडा, सफा र सुन्दर थियो । गाडी वेगवान् बनेर गुड्दै थियो, मेरो मन त्यसभन्दा वेगवान् थियो ।

विष्णु शीतलको निवासमा जाने कार्यक्रम तय भएकोले अध्ययन भ्रमणअन्तर्गत वासिङ्टनमा तय भएका केही औपचारिक कार्यक्रमहरु छाडिदिएँ ।

बाटोभरि जीवन भोगाइ र सुखदुःखको भलाकुसरी चलिरह्यो । नेपाल छाडेर अमेरिका आउँदासम्मको भाग्यरेखाका धार्साहरु ठम्याउन खोज्दै हुनुहुन्थ्यो, विष्णु शीतल । जीवन भोगाइका उहाँका अनुभूति मातृभूमि छाडेर विदेशिने सरदर नेपालीहरुको जस्तै 'आधा  सन्चो, आधा बिसन्चो' जस्तो लाग्यो । एकतिर नेपाल छाडेर अमेरिका आउँदा दुइटा छोराको भविष्य सुन्दर बन्ने आशा आँकुरा उहाँमा टुसाएको थियो भने अर्कोतिर नेपालमा पत्रकारिता गर्दा कमाएको नाम अमेरिकाको भवसागरमा बिलय हुन लागेकोमा उहाँमा कताकता छट्पटी भेटिन्थ्यो ।

खुला सडकमा गाडी हुँईकंदै थियो । बल्ल बल्ल भेटघाट भएकोले कुरा तुरिने कुनै छाँटकाँट नै थिएन । गन्थन गर्दागर्दै वासिङ्टन नजिक रहेको उहाँको निवास 'फेयरफ्याक्स  काउन्टी' मा पुग्यौं । त्यहाँको वातावरण सुन्दर र मनमोहक थियो । फूल ढकमक्क फुलेका थिए । त्यहाँको वातावरणप्रति म लोभिएको देखेर उहाँले त्यहाँको प्राकृतिक वातावरणको चर्चा गर्नमा केही समय खर्चनुभयो । उहाँले  सुन्दर र हराभरा वातावरण भएको बेलामा पुगेकाले दिलखुश भएको तर हिउँद शुरु भएपछि उराठलाग्दो अवस्था आउने जानकारी दिनुभयो । 

करेसबारीमा तरकारी गजवसित फलेका थिए । त्यहाँको वातावरण देखेपछि विष्णु शीतलले फेसबुकमा राख्नुभएको तस्बिरको सम्झना आयो । उहाँले करेसाबारीमा काम गरिराख्नुभएको आफ्नी श्रीमतीको तस्बिर फेसबुकमा पोष्ट गर्नुभएको थियो ।

मैलै उहाँलाई सोधें 'तपाईले फेसबुकमा राख्नुभएको यहीको फोटो होइन?'

एक हलको मेलो हाँसेर उहाँले स्वीकारोक्ति दिनुभयो ।

साँझमा विष्णु शीतलले कामबाट भर्खरै फर्कनुभएको श्रीमतीसंग चिनजान गराउनुभयो । उहाँ अलि कम बोल्नुभयो । उहाँ अल्पभाषी हो वा बेखुश हुनुभएको हो  मलाई खुट्याउन कठिन भयो । 'कतै मेरो उपस्थितिले उहाँ बेखुश हुनुभएको त होइन ?' मनमनै प्रश्न गर्न थालें । मनमा कता कता चिसो पस्यो ।

तर मेरो मनभित्र उब्जिएका शंका गलत सावित भयो । उहाँले कुरा गर्न थाल्नुभयो । पोषिलो र मिष्ठान्न खानेकुरा खुवाएर उहाँले स्वागत सत्कार गर्नुभयो । मेरो अगाडि आदरपूर्वक र प्रेमपूर्वक टक्र्याइएका स्वादिष्ट परिकारमध्ये खिर पनि एक थियो । अमेरिकामा पुगेर खिर खाइन्छ भनेर चिताएकै थिइन । तर नचिताएको कुरा भयो । खिर खाइयो । त्यहाँ प्राप्त स्वागत-सत्कार एवम आतिथ्य अब्बल दर्जाको थियो ।

त्यहाँ अर्को पनि नचिताएको कुरा भयो ।  रक्षा बन्धन गर्ने मौका पनि जुर्यो । अमेरिकामा पुगेर रक्षा बन्धन गरिन्छ भन्ने कुरा मेरो कल्पनाभन्दा बाहिरको कुरा थियो ।  'आज जनैपूर्णिमा हो, रक्षा बन्धन  गर्नुपर्छ ' विष्णु शीतलले भन्नभयो । उहाँले हातमा धागो बाँधिदिएर रक्षा बन्धन  गरिदिनुभयो । म मख्ख परें । देशको परम्परा र सँस्कृति महत्व विदेशिनेहरुले बढी बुझ्दा रहेछन् भन्ने लाग्यो ।

अमेरिकामा बसेर अनलाइन न्यूज पोर्टल सञ्चालन गर्दै आउनुभएका मित्र गिरिश पोखरेलसंग पनि विष्णु शीतलकै निवासमा भेटने योजना थियो । कार्यव्यस्तताले उहाँ आउन भ्यानुभएन ।
पत्रकार भएर होला विष्णु शीतललाई सूचनाको भोक निकै लाग्दो रहेछ । उहाँ इन्टरनेटमार्फत नेपाली एफएम रेडियोहरु सुन्नुहुँदो रहेछ । भरतपुरबाट प्रसारण हुने कालिका एफएम उहाँको प्रिय रेडियो रहेछ । रेडियॊबाट प्रसारित सामग्रीले नेपालको राजनीतिक एवम् सामाजिक घट्नाक्रमहरुबारे धारणा बनाउन उहाँलाई सजिलो भएको पारिदिएको रहेछ ।

आमसंचारको विभिन्न काममध्ये संयोजन गर्ने जोडने पनि हो भनिन्छ । विदेशमा रहेका नेपाली समुदायलाई मातृभूमिसंग भावनात्मक रुपमा जोड्ने काम गरेकोमा नेपाली एफएम रेडियोहरुलाई मनमनै आभार प्रकट गरें । नेपाल फर्केपछि मेरा विद्यार्थीलाई आमसाचारको कार्यहरुबारे पढाउँदा यो कुरा पनि उनीहरु समक्ष राखें ।

उहाँको निवासमा पुगेपछि पनि कुराको सेलरोटी पाक्न छाडेन । हामी दुइजनाले नेपाली समाज र अमेरिकी समाजलाई तुलना गर्ने प्रयास गर् यौं । अमेरिकी समाजले जादुमय शैलीमा प्रगति गर्नुका पछाडि अनुशासिन र परिश्रमी बानीव्यहोरा नै  भन्ने निष्कर्ष निकाल्न हामीलाई कुनै कठिनाइ भएन ।

कुराकानीका क्रममा अमेरिका रहेका नेपालीहरुबारे उहाँले मलाई थुप्रै जानकारी दिनुभयो ।  कतिपय नेपाली अमेरिकामा उच्च स्थानमा पुगेको र उनीहरुले लोभलाग्दो किसिमले प्रगति गरेको कुरा पनि उहाँसंगको कुराकानीबाट थाहा भयो ।

नेपालबाट अमेरिका पुगेर उतै बसोबास गरेका नयाँ पुस्ताका नेपालीले नेपाली भाषा भुल्न थालेको यसप्रति अभिभावक चिन्तित बन्न थालेको जानकारी पनि उहाँबाट थाहा भयो ।

कुरैकुरामा न्यूयोर्कमा रहेको एकजना साथीको मैले नाउँ लिएँ । उनी त्यहाँ ट्याक्सी चलाउँछन् भन्ने सुनेको थिएँ । यत्तिकैमा विष्णु शीतलले न्यूयोर्कमा रहेको आफ्नो एकजना साथीलाई फोन गर्नुभयो । तर उहाँले पनि मैले नाउँ लिएको साथीको निधो गर्न सक्नुभएन । न्यूयोर्कमा रहनुभएको साथीले त्यहाँ लगभग ३ सय नेपालीहरु ट्याक्सी ड्राइभरको रुपमा कार्यरत रहेको जानकारी दिनुभयो ।

कुराकानीको शिलसिला अघि बढ्दै जाँदा उहाँले नेपालमा पत्रकारिता गरेका र अमेरिका पुगेर पत्रकारितालाई नै निरन्तरता दिने पत्रकारहरुबारे पनि उहाँले नालीबेली नै केलाउनुभयो ।

अमेरिकामा नेपाली समुदायको बढ्दो आकारले नेपाली संस्कृति र जीवनशैलीले स्थान ओगट्न थालेको रहेछ । एकआपसमा भेटघाट गर्ने, मर्दपर्दा एकअर्कालाई साथ लिने र सुखदुःखमा साथ दिने परिपाटी विकास हुन थालेको रहेछ । 'जिउँदाको जन्ती, मर्दाको मलामी' भन्ने नेपाली भनाइ चरितार्थ हुन थालेको रहेछ । निकै खुशी लाग्यो ।

साँझ छिप्पिंदै जाँदा कुराकानीले गति लिंदै गयो । उहाँले आफू रहेको फेयरफ्याक्स काउण्टी र त्यस वरिपरि रहेका नेपालीहरुबीचको सहकार्यको कुरा गर्नुभयो । त्यस क्षेत्रमा चाडवाडमा भेला भएर नेपाल समुदायबीच सुखदुःख साट्ने राम्रो परम्परा शुरु भएको रहेछ ।

आफ्नो आमाको अमेरिकामा निधन हुँदा नेपालीहरुबाट साथ र सहयोग पाएको विष्णु शीतलले बताउनुभयो । आमा विरामी भएर अस्पताल रहँदा पनि अस्पतालमा कुर्न जाने र आवश्यक कुराहरुको चाँजोपाँजो मिलाउने काममा नेपाली बन्धुबान्धवहरुले निकै सहयोग गरेका रहेछन् । नेपालीहरुले देखाएको भाइचाराको यो मीठो दृष्टान्त थाहा पाउँदा खुसी पनि लाग्यो ।

भेटघाट मीठो भए पनि समयको सीमा कायमै थियो । विष्णु शीतलको निवासमा रात बिताएपछि भोलिपल्ट विहान उहाँले मलाई हामी बसेको होटलमा ल्याइदिनुभयो ।

उहाँलाई विदाइको हात हल्लाएर छुट्टिएपछि फेरि पनि अन्तर्राष्ट्रिय साथीहरुको हुलमा मिसिएँ । दिउँसो यूएस स्टेट डिपार्टमन्टले आयोजना गरेको विदाइ कार्यक्रमलगायत अन्य कार्यक्रमहरुमा सहभागी भएँ । यस क्रम 'भ्वाइस अफ अमेरिका' को मुख्यालयमा पुगियो । 'भ्वाइस अफ अमेरिका' का पदाधिकारीहरुले सम्पादकीय स्वतन्त्रता र निष्पक्षताका दृष्टिले आफ्नो बीबीसीभन्दा कम नभएको बताए । तर भ्रमण संलग्न सहभागीहरु यो कुरा स्वीकार्न तयार भएनन् ।

साँझमा 'इडब्लू स्कूल अफ जर्नलिज्म' ले आयोजना गरेको विदाइ भोज सहभागी भइयो । आयोजक र सहभागीहरुले एक अर्कामाथि मीठा शब्दहरु बरसाए । मैले पनि विदाइस्वरुप विदेशी साथीहरुलाई खादा लगाइदिएँ ।

साँझमा गिरिश पोखरेलसंग 'फेसबुक' मार्फत च्याट गरें । उहाँले एउटा दुःखद खबर सुनाउनुभयो । वासिङ्टको डल्लास एयरपोर्ट नजिक एयरपोर्ट सटल दुर्घटना भएर मित्र सुवास दर्नालको निधन भएको रहेछ । राम्रो सम्भावना बोकेको व्यक्तिको असमयमै असवास भएको थाहा पाउँदा हुनसम्म दुःख लाग्यो ।

 अगष्ट १६ तारिख २०११  । नेपाल फर्कनुपर्ने दिन । छुट्टिने बेलामा कार्यक्रममा सहभागी मित्रहरुबीच अंकमालको महामारी नै चल्यो । हामीलाई एयरपोर्ट पुर् याउने गाडी तम्तयार थिए । कोठाबाट सामान निकालेर काउण्टरतिर हतार हतार हान्निन लागेको थिएँ । समय छोंट्टिदै थियो ।

सामान लिएर लिफ्टमा चढें । होटलको ठेगाना  टिपाएर सघाउने भियतनामी महिलाले परैबाट मलाई चिनिछन् ।  उनले विदाइको हात हल्लाइन् । उनले जसै हात के हल्लाएकी थिइन्, लिफ्टको ढोका घर् याक्क लाग्यो । मैले प्रत्युत्तर दिन पाइन । अलमल गर्नलाई समय थिएन । उनले के ठानिन् होला जस्तो लाग्यो । धेरैबेरसम्म खसखर लागिरह्यो । एउटा मानवले अर्को मानवलाई 'फ्रेन्डली जेस्चर' दिएको घडीमा पनि प्रतिक्रियाविहीन बन्नुपर्दा ननिको लाग्यो ।  'माछी काँडैले, नजर लाउँदैमा छेक्यो डाँडैले' भनेजस्तो पो भयो ।

अन्तत साथीसंगीलाई अमेरिकातिरै छाडेर सम्झनामात्र लिएर नेपाल फर्किएँ । मनमा विचारका अनेकौं ज्वारभाटा चलाउँदै त्रिभुवन विमानास्थालमा उत्रिएँ । विमानास्थालमा झरेपछि एकपटक मन निकै खिन्न भयो । एयरपोर्टको अवस्था देखेर मुटुको छेउ चसक्क गरेर दुख्यो । अरु देशको एयरपोर्टलाई नेपालको एयरपोर्टसंग तुलना गर्दा भित्री मन निकै रोयो ।

अरु देशले एयरपोर्ट सुन्दर र सुविधाजनक बनाउन सक्छ भने नेपालले किन बनाउन सक्तैन ?  मनमनै प्रश्न गर्न थाले । बाक्लै रुपमा विदेश भ्रमण गर्ने नेताहरुले अरु देशको सुन्दर र सुविधाजनक एयरपोर्ट पक्कै देखेका छन् । तर आफ्नो देशको एयरपोर्टलाई सुन्दर र सुविधाजनक बनाउनेबारे किन सोंच्दैनन  ? भव्य र सुविधाजनक निजी महल बनाउन सक्ने देशको नेतृत्व वर्गले एयरपोर्टजस्तो राष्ट्रिय सम्पत्तिलाई भव्य, सुविधाजनक र वैभवशाली बनाउनबारे किन सोंच्दैनन् वा सोंचेका भए किन कार्यान्वयन गर्न सक्तैनन् ? यी र यस्तै प्रश्नले मनलाई उद्धेलित बनायो ।

देशको अवस्था जेजस्तो भए पनि मन नबुझाई सुखै थिएन । नेपाल फर्किएर फेरि पनि उही अव्यवस्था र अस्तव्यस्त परिवेशमा जुध्नु छँदैथियो । कुनै बेला एउटा भनाइ सुनेको थिएँ, 'पोले पनि घामै जाती, पिटे पनि आमै जाती'। यही भनाइ सम्झेर मन बुझाएँ । अनि यही भनाइ मनमा राखेर मातृभूमिको मायालाई फेरि एक पटक मुटुमा सजाएँ । तर संसारको वैभवशाली देशमा संगालिका मीठो सम्झनाले बेलाबखतमा मन धर्किन्छ । मनमा ज्वारभाटा चल्न थाल्छ । सम्झनाका ती ज्वारभाटाले बेलाबखतमा मभित्रको राष्ट्रियताको किल्ला भत्काउने असफल प्रयास गरिरहन्छ ।

[सामाजिक नेटवर्किङ साइट मेरोरिपोर्टमा अप्रिल २७, २०१२ मा  'फेयरफ्याक्सका मित्रकहाँ पाहुना लाग्दा…' zLif{sdf प्रथम पटक प्रकाशितअनलाइन समाचारपत्र नेपालीपोष्टमा पनि सोही मितिमा प्रकाशितयसलाई नेपालीपोष्टबाट साभार गरेर नेपालगंजबाट प्रकाशन हुने समाचारपत्र दैनिक नेपालगंज ले 'सपनाको देश अमेरिका पुग्दा ' शीर्षकामा २०६९ साल बैशाख १७  छापेको हो]  

[अद्यावधिक  मिति : २०६९।०१।२०, २०६९।०१।२७]
 

Thursday, March 15, 2012

Journalistic Ethics in Nepal



-Yam Bahadur Dura

Concept:
Ved Vyas, Gautam Buddha, Acharya Bishnu Gupta, Paigambar Mohammed and oriental sages like Adi Sangkaracharya and occidental philosophers like Socrates, Plato and Aristotle have defined ethics as spiritual issues (Mainali, 2008:11).     
The journalistic of code of ethics provides journalists with basic system for self-evaluation, self-limitation, self realization, regulation self-correction and self-control as they perform their duties. The code of ethics paves the way for the framework that facilitates journalists to deal with plenty of ethical questions and moral issues viz. conflict of inertest, ethical dilemmas, and so on.
As its pervasive connotation, it is not easy to define journalistic ethics. Ethics has to do with duty - duty to self and duty to others. Although it relates to obligations to others, it is private and personal…. In other words, media ethics concerns right and wrong, good and bad, better and worse actions taken by people working for media (Adhikary, 2008:289).
Media ethics is not any fixed set of rules or laws. Rather, it is defined as a process that evolves with the world in which the media operate, and on which the media reports. There are no fixed "right" answers. However, ethics is an important in the mass media profession that pervades the entire professional activity. Journalists as well as other professional communicators are right in the middle of all sorts of ethical concerns in the daily work environment. They have to decide what is the right – or at least the better – thing to do at every turn (Ibid).         
Ethics is not enforced by laws. They are understandings among journalists as to what is proper journalistic behavior. Some of these agreements are formulated in codes. The personal beliefs and, social and    cultural of journalists also constitute ethical commitments. Journalistic          codes of      ethics facilitate journalists to   mitigate conflict of interest, ethical dilemma and    improper acts.

 Development of Journalistic Ethics in Nepal

The journalistic ethics in Nepal seems to be come into being with the advent of the first Nepali newspaper Gorkhapatra in 1901. The then Rana Prime Minister Dev Shumser issued a decree on Baisakh 11, 1958 (April 23, 1901), which was popularly known as Sanad, that set certain standards as to what is to print and what is not to print in Gorkhapatra. It may be regarded as the first archetype of journalistic ethics in Nepal. However, this can also be termed as shield laws which were set to protect Rana rulers from media criticism.

This Sanad (decree) came more than two decades ahead of "Canons of Journalism" was issued. "Canons of Journalism" was adopted by American Society of Newspaper Editors (ASNE) in 1922.

Rana Prime Minister Chandra Shumsher established Gorkha Bhasa Prakashini Samiti (afterward it was named as Nepal Bhasa Prakashini Samiti) in 1970 BS. It was a regulatory body, which used to bring works of writers and poets under the strict rules. To make the functions of this regulatory body more effective, certain press related       provisions were added in the Muluki Ain (Civil Code). Section (Adalko mahal) five of the Muluki Ain has spoken about rules and that need to be followed by writers and poets while carrying out their professional activities. The press-related provisions were mainly focused on censorship and copyright issues.

After the fall of Rana oligarchic rule in 1951, several attempts seem to be made to prescribe certain ethical standards to be followed by media professionals. In this course, Nepal Government         formulated a Press Commission in 1957. The Commission   submitted a-18 point code in the form of suggestions to the governmen. This code of conduct had made ample of efforts to make journalists more ethical and professional.

In  his book Nepalko Chhapakhana ra Patrapatrikako Itihas, Grisma Bahadur Devakota has mentioned that on 7-11March 1967, the first conference of Nepal Journalists Association took place in Kathmandu and it issued a-22-point code of conduct. May be this was the first time in Nepal that professional organization of journalists prescribed code of conduct.

There was no any independent body like ombudsman to scrutinize performances of media in Nepal till late 60s.          The concept of a press regulatory body came into existence for the first time in Nepal in 2024 BS, which was known as Press Advisory Committee. Later, its name was changed as Press Advisory Council. It issued journalistic code of conduct in 1969. On 27 September 1970, a-11-member Press Council was formed to make it functional (Kafle, 2062:381 translated).

The Press Council, which was set up by the government as a statutory body to look into the matters of professionalism and performance of the media formulated and issued Code of Conduct in 1974. Mean while, it also raised issue of automatic cancellation of registration in the failure to bring mandatory minimum number of issues of newspapers (Kharel, 2001:125).

It is noticeable that most of the code of conducts issued before 1990, were overtly or covertly in favor of party-less Panchayat system and royal family. However, it does mean that those codes of conduct were not liberal and media-friendly.

…In the aftermath of the restoration of multi-party system multi-party democracy in April 1990, the government promulgated a separate Press Council Act in 1992, which defined specifically the principles, functions and responsibilities of the Council (Adhikary, 2008:344).

An important dimension of this Act is that it has equipped Press Council Nepal (PCN) with quasi-judicial rights arranged for hearing of complaints from the distressed parties for violation of the codes and their settlement. If the complaint proves to be true, then PCN may compel the journalists or his/her media to publicly apologize with the person or the institution or ask them to publish a written apology. However, the Act has remained tight-lipped on the procedure to lodge complaints against wrongdoings of electronic media.

A year after its formation of this Act, PCN issued a code of ethics for Nepalese journalists. Some months later, the Federation of Nepalese Journalists (FNJ), the single-largest body of journalists in the country, issued its own code of ethics in 1993. Since this gave the impression of rivalry between the two bodies, officials from both sides started talks on forming a unified code in January, 1999, FNJ and PCN officials joined hands in drawing up a unified code of ethics. This code of ethics does not prevent journalists from becoming active member of political parties (Kharel, 2007:137).

The code of conduct issued by the PCN in 1992 has spoken about different ethical aspects including respecting communal harmony, addressing grievances upon the publication of baseless news, safeguarding confidentiality of news sources, refraining from misusing the profession for self- benefits and the more.

Being a new entry in the media landscape of Nepal, community radios didn't have a collective set of code of conduct before 2002AD. Since its establishment in 2058 BS, Association of Community Radio Broadcaster Nepal (ACORAB), an umbrella organization of community radios in Nepal, drafted code of conduct and brought it to discussions with its the member radios. According to Raghu Mainali, ACORAB's founding chairperson, ACORAB issued code of conduct in 2004 for community radios.  In 2007, it was revised as 'Code of Conduct for Community Radio 2007'.

After the advent of the much talked Loktantra in 2006, it was felt that the existing journalistic code of conduct should be changed to address the changed socio-political environment and to cover media dimensions including broadcasting and online media. PCN, with the consent of the FNJ, amended and revised the Code of Journalistic Ethics in 2008.

With the political change of 2006, Nepal headed towards the election of Constituent Assembly. This was a much awaited historic event for Nepalese people, which drew much more media attentions – both nationally and internationally. Some of the professional media organizations issued code of conduct targeting the Constituent Assembly. The Election Commission has allocated chapter four of the Code of Conduct on Election to Members of the Constituent Assembly, 2064 (2008) for code of conduct to be followed by the mass media. It deals with duty of correcting false messages, provision of providing political parties with free-air-time in proportion to the candidate fielded by the political party, respecting tacit period of election canvassing, maintaining records of any information published or broadcast.

Targeting the Constituent Assembly of 2008, Association of Community Radio Broadcaster Nepal (ACORAB), Broadcasting Association of Nepal (BAN) and Kathmandu Valley FM Broadcasters' Forum jointly issued a six-point (with 10 sup-points) code of conduct. This code was named as ‘Election Code of Conduct for Radio Broadcasters, 2008’. As its preamble describes, it is based on the codes of conduct of the Association of Community Radio Broadcasters Nepal, Press Council Nepal, the Election Commission and the International Federation of Journalists (IFJ) as well as the current laws.

Along with the above-mentioned codes of conduct, different media organizations like Nepal Press Institute, Equal Access Nepal have issued media-related code of conducts over the times. But, its implementation side largely seems to be out of picture. May be its poor implementation is largely obstructed by our socio-economic condition.

 Challenges Ahead:

Ghatna ra Bichar (Event and Thought), a current affairs program of Radio Nepal, was brought to an end at the time of Constituent Assembly in 2008. The Election Commission had ordered to stop that program. The reason behind it was media monitoring report of the Election Monitoring Unit of Press Council Nepal, established especially for Constituent Assembly. The report had indicated that Ghatna ra Bichar is presenting politically biased news and views.

This is rarest of the rare incident in the Nepalese media landscape. Most of the media are going unchecked and unchallenged in terms of their behavior while practicing their profession.

Despite the ethical limitations set by the code of conduct, journalists and media houses have been overlooking bedrock values of journalistic ethics. For this reason, the provisions have largely remained ineffectual as most of the media houses seem to be indifferent towards it.

Responsible factors to it could be 'corporate arrogance' of media houses, anarchy-infected mind-set of journalists, compulsions created by socio-economic conditions or political transitions.

This is the age of diversity, which has become problematic too in the media landscape. The already existed partisan newspapers are now accompanied by partisan radios. Some of the FM radios have appeared in the media landscapes with a certain political thought. The questions are: Does the age of diversity accept such a media practice? Can a media be a political mouthpiece in the name of openness and diversity?

It is obvious that political affiliation of journalists, corporate interest of the media houses, and donors' interest in media have already put question marks to credibility of the media. This situation can give unprecedented power in the hands of media tycoons.

Future Steps:

The Nepalese media are at a legal and ethical crossroads. Which way they should go? They may have realized along with media experts and scholars that press laws and codes of conduct alone never resolve media issues. They have to discover a normative vision in tune with their culture (Kharel, 2001:100).

The nature media and technology are changing fast. They have come up with new scopes and challenges in the media landscape. The emergence of online media as well as new dimensions of radio and television has been seeking different sets of rules and regulations.

Cyber crime, networking, chain broadcasting, are some of the issues that emerged out of aforesaid media. These issues are so vast that they need separate sets of code of ethics to deal with. General sets of code of ethics seem to be impractical to deal with those vast areas.

Most importantly, ethics is solely a moral issue.  And, observing ethics is the only way for media to develop itself.

(This article was originally appeared in MBM Anthology of Media Ethics in 2009. It is slightly revised version of same article )
Works Cited and consulted:
         
1.     Acharya, Bhanubhakta.2064 BS. Aamsanchar ra Patrakarita Adhyayan (Mass Communication and Journalism Studies).Pp.389-391. Kathmandu:Pradhan Book House
2.     Acharya, Bhanubhakta.2009. Textbook on Mass Communication and Journalism Pp.183-184. Kathmandu:Pradhan Book House
3.     Adhikary, Nirmala Mani. 2008.  Communication, Media and Journalism An Integrated Study. Pp. 289-295. Kathmandu: Prashanti Prakashan.
4.     Chhetri, Anju, Thapa, Manju, Panta, Saroj. 2002. Patrakaritama Mahila Prashna. Pp. 69-95.Kathmandu: Nepal Press Institute.
5.     Code of Conduct for Community Radio 2007. 2007. Kathmandu: Community Radio Broadcasters Nepal.
6.     Dahal, Kashiraj. 2058 BS.Amsanchar Ra Kanun.Kathamdnu: Nepal Press Institute
7.     Devakota, Grishmabahadur. 2059 BS (Third Edition). Nepalko Chhapakhana Patrapatrikako          Itihas.         Kathmandu: Sajha Prakashan

8.     Kafle, Kapil. 2062 BS. Patrakarita Dot Khoj. Kathmanndu: Motherland of Nepal.

9.     Kasajoo, Binayakumar. Undated. Patrakarko Adhikar ra Jimmewari. Kathmanndu: Center for Media Rights.

10.            Kharel, P.2007. Dimensions of Communication. Pp.131-141. Kathmandu: Nepal Association of Media Educators (NAME).
11.            Kharel, P. (Ed).2001. Media Practices in Nepal. Kathmandu: Nepal Press Institute.
12.            Kharel, P.2005.Sounds of Radio Broadcasting. Pp. 59-63. Kathmandu:Nepal Association of Media Educators.
13.            Kumar, Rabindra. 2003 .Patrakaaroun ki Aachar Sanhita. Outlook 2 (1): 10.
14.            Mainali, Raghu. 2008 (First English Edition). Radio Pledge. Kathmandu:  Radio Knowledge, Community Radio Support Center (CRSC) Nepal Forum of Environmental Journalists (NEFEJ)
15.            Mencher, Melvin. 1999 (Reprint). Basic News Writing (3rd Edition). P.404. New Delhi: Universal Book Stall.
16.            Press Council Nepal. 2003. Code of Journalistic Ethics- 2003 (Amended and revised).
17.            Press Sambandhi Kanun Samkhhipta Parichaya (Press Related Laws: A Brief Introduction)
18.            Yogi, Bhagirath. 2003.  Media power with responsibility. The Kathmandu Post. August 12

Websites:


Election Commission. http://www.election.gov.np/EN/pdf/CAE_Election_Act_2064_english.pdf. Accessed on July 10, 2009.

Press Council Nepal.   http://www.presscouncilnepal.org/codeofconduct.php.  Accessed on August 25, 2009.

Press Council Nepal.   http://www.presscouncilnepal.org/presscouncilact.php  Accessed on August 25, 2009


Saturday, March 3, 2012

दुराडाँडामा आशाको त्यान्द्रो

-यमबहादुर दुरा
गाउँघर रित्तिंदै गएको बेलामा मेरो जन्मथलो दुराडाँडा पुग्दा यसपटक मलाई बेग्लै अनुभूति भयो । गाउँघरमा चहलपहल बढेको पाएँ । गाउँमा पाखुरामा तागत भएका तन्नेरीहरु त खासै भेटिएनन् । तर त्यहाँ बचेखुचेका जे जति जनशक्ति थिए, तिनमा एकप्रकारको उत्साह भेटियो । गाउँघरको हराउँदै गएको कान्ति फेरि फर्किएजस्तो लाग्यो । उनीहरुको ओंठमा मुस्कान फक्रिएको देख्दा कोइलाखानीमा हीरा भेटिएजस्तो लाग्यो ।

लमजुङमा हालसालै शुरु भएको नयाँ पदमार्गको उद्घाटन समारोहमा भाग लिन दुराडाँडा पुग्दा मेरो मनमा उत्साहको संचार भयो । ठाउँ-ठाउँमा स्वागतद्वार उभ्याइएका थिए । गाउँ छाडेर सुखको खोजीमा देशका अन्य भागमा पुगेका गाम्ले दाजुभाइहरु त्यतिबेला गाउँमै भेटिएका थिए । उनीहरु लागीमिली काम गरिरहेका थिए । उनीहरुको उपस्थितिले गाउँघरको सहकाल फर्किएर आएजस्तो लाग्यो ।

काठमाडौंबाट बाटो लाग्दा मेरो साथमा तीनजना पत्रकार थिए-किशोर पौडेल (एबीसी टेलिभिजन), उद्धव थापा (आर्थिक अभियान)  र अनुप ओझा (द काठमाण्डू पोष्ट) । बाटोमा खाजा खान र भात खान पृथ्वीराजमार्गका होटलहरुमा पस्दा पुरानै अव्यवस्था र महंगी कायमै देखियो । त्यहाँ हामीबीच ठट्टा पनि चल्यो -बाबुरामले अनुगमन टोली खटाउन छाडे क्यारे । 

काठमाडौंबाट खत्रीठाँटी पुगेपछि दुराडाँडाका लागि अर्को बस समात्नुपर्ने थियो । चितवन बन्दले हामी मुग्लिनमा डेड घण्टा जाममा परेका थियौं । परिणामस्वरुप खत्रीठाँटीबाट दुराडाँडाका लागि बस छुट्ने समय टरिसकेको थियो । भाग्यवश, त्यस दिन दुराडाँडा जाने बस निर्धारित समयमा छुटेको रहेनछ । हामीले बस भेट्टायौं । सिट प्याक भएकोले छतमा बस्यौं ।  किशोर पौडेल भिडियो क्यामेरा नै लिएर छतमा बसे । अप्ठेरो बाटो । त्यसमा पनि  भिडियो क्यामरा लिएर छतमा बस्नुपर्ने अवस्था । क्यामरा फुट्ने हो कि भनेर चिन्ता लाग्न थाल्यो । मैले उनीतिर फर्केर भनें, 'क्यामरा फुट्ने हो कि?'  तर उनले मलाई उल्टै ढाडस दिए 'केही हुँदैन ।'

छतमा यात्रा गर्दा रुखका हाँगाबिंगाले हामीलाई थुप्रैपटक झापड लगायो । एकपटक रुखका हाँगाले मेरो टोपी नै खसालिदियो । भूइँ चुम्न पुगेको मेरो टोपी किशोर पौडेलले ल्याइदियो । यात्राका यिनै अनुभवहरु मनमा सजाउँदै घरमा पुग्यौं । हामीलाई देखेपछि आमा-बा निकै खुसी हुनुभयो । नहोस् पनि किन ! आधुनिकताले निम्त्याएको शहरबास र व्यस्तताले  वर्षमा मुस्किलले तीन चार पटकमात्र उहाँहरुसंग भेट हुने गरेको छ । बहिनीले िढंडोरोटो पकाएकी थिइन् । भोक र थकाइले चुर भएकोले बेला त्यही िढंडोरोटो पनि हाम्रा लागि    मिष्टान्न भोजनमा परिणत भयो । घरैमा उत्पादित कोदोको रक्सीले साथीहरुको बोली लरबराउँदै थियो । उनीहरु छिट्टै निन्द्रादेवीको शरणमा परे ।
= = =
भोलिपल्ट विहान हामी पुरानकोटतिर लाग्यौं । घरबाट एक घण्टा जति िहंडेपछि पुरानकोट गाउँमा पुग्यौं । पुरानकोट थाप्लोतिर पाइला नाप्दै गर्दा विदेशी पर्यटकहरु पनि भेटिए । थकाइका सुस्केरा फ्याँक्दै करिब १ हजार ९ सय मिटर पुरानकोटको थाप्लोमा पुगेपछि आँखाले मनोरम भूदृश्य तनतनी पिउन थाल्यो । उत्तरतिर दन्तलहर खोलेर मुस्काएका हिमश्रृखला, पूर्वतिर गोर्खा,  दक्षिणतिर तनहूँ र नवलपरासी र पश्चिमतिर कास्कीका मनमोहक भूतरेलीहरु सिनेमाका 'लो सट एंगल' र 'हाइ सट एंगल' का दृश्यहरुझैं आँखा वरिपरि देखिन थाले । यद्यपि तुँवालोको घुम्टो ओढेकी प्रकृति खुल्नुपर्ने जति खुलेकी थिइनन् ।

पुरानकोट थाप्लोमा भग्नावशेषको रुपमा रहेको यशोब्रह्म शाह र उनकी रानीको बेग्लाबेग्लै दरबारलबारे गुरुप्रसाद ढुँगाना दामोदर अधिकारीलगायतका स्थानीय जानकारहरुले दिएको जानकारीले हामीलाई इतिहाससित रुबरु गरायो । त्यस घडीले मलाई मेरा गुरुजनसंग पनि रुबरु गरायो । वर्षौंदेखि अलगथलग हुन पुगेका मेरा गुरुहरु लालबीर गुरुङ र बुद्धिबहादुर गुरुङ भेटिए, त्यहाँ । गुरुहरुसंगको भेटघाटले मन फुरुङ्ग भयो । उहाँहरु मलाई बाल्यकालमा शिक्षा दिने गुरु हुनुहुन्छ । उता पुरानकोटका गुरुङसेनी चेलीबेटीहरुले प्रेमपूर्वक दिएको भुटेको मकै लट्टे मह र अचारले तन र मन दुबै पुष्टिँदै थियो ।

पुष्टिएको  तन र मन लिएर पुरानकोटको थाप्लोबाट तलतिर भर् यौं, रक क्लाइम्बिङको उद्घाटन कार्यक्रममा सहभागी हुन । 'रक क्लाइम्बिङ वाल' उद्घाटन स्थलमा थुप्रै स्थानीय बासिन्दाहरुले अघि नै भरिभराउ भएको रहेछ । सूचना आयोगका तत्कालीन सचिव सुरेशमान श्रेष्ठ, नेपाल सरकारका सहसचिव कृष्ण रानादेखिका गन्यमान्य व्यक्ति र विदेशी पाहुनाहरु 'रक क्लाइम्बिङ' को रोमान्चक दृश्यमा रमाउन ढुङ्गे पहरामा आँखा जोतेर बसिरहेका थिए । 'च्वाइस इन्टरनेसन' का निर्देशक क्रिस जोन्सनले रक क्लाइम्बिङ वालको उद्घाटन गरेपछि त्यहाँ बेजोडसंग सिठी बज्न थाल्यो । लगभग १ सय ६० फिटमाथिको ढुङ्गे पहराको टुप्पोबाट दुई युवा तुलबहादुर गुरुङ र राजकुमार गुरुङ डोरीको साहराबाट तलतिर झर्न थाले । त्यस क्षणलाई जीवन्त बनाउन भिडियो क्यामरादेखि मोबाइलसम्मको प्रयोग फोटो खिच्नेहरुको भीड नै उर्लियो ।

त्यतिबेला नै पुरानकोट एक युवा निकै हर्षित हुँदै पत्रकार अमृत भादगाउँलेलाई फोन गर्न थाले । केही वर्षअघि पुरानकोट पुग्दा अमृत भादगाउँलेले रक क्लाइम्बिङलाई सपना भनेका थिए रे । त्यस सपना पूरा भएको जानकारी दिन अमृतजीलाई फोन गरेर उनी भावुक मनोभावमा वायुतरङ्गमार्फत छताछुल्ल पोख्दै थिए । हुन पनि पुरानकोटको रक क्लाइम्बिङ तान्द्राङकोट-पुरानकोट पदमार्गको मात्र नभई नेपालभरिकै पदमार्गहरु गहना ठहरिन पुगेको छ ।
= = =
पुरानकोटको भव्य कार्यक्रमपछि बिदाइका हात हल्लाउँदै हामी तुर्लुङकोटतिर लाग्यौं । झमक्कै साँझपरेपछि तुर्लुङकोट आइपुग्दा जाडोको जवानी बेजोड ढंगले बढिरहेको थियो । जाडोले हामीलाई सेक्नुसेक्यो । तर हामी जाडोसंग डराएनौं । ठाउँ ठाउँमा मुढा जोतिएका थिए । आधुनिक भाषामा भन्नुपर्दा त्यहाँ गाउँले शैलीको 'क्याम्प फायर' गरिएका थिए । त्यतिमात्र कहाँ हो र  कोदाकॊ खाँट्टी रक्सी पाहुनाहरुको भित्री कम्मल बनेर जाडोको दोहोलो काढ्न तम्तयार थियो । त्यहाँ उपलब्ध तातो-तातो चिया र तातो पानी पनि जाडोलाई निस्तेज बनाउन प्रयासरत थिए । खानपिनपछि चलेको नाचगानले त जाडोलाई झनै पर धपाइदिएको थियो । 

विहान खाजा खाएपछि पर्यटक र पत्रकारहरु फोटो खिच्न र गाउँघर डुल्न व्यस्त देखिए । दुराडाँडामा जन्मेकी प्रसिद्ध लोकगायिका बीमाकुमारी दुराको गीतमा उल्लिखित तुर्लुङकोटको लाँकुरीबोटको तस्बिर खिच्नमा व्यस्त थिए,पत्रकार किशोर पौडेल । बिडम्बना नै भन्नुपर्ने हुन्छ, इतिहास रच्न सफल त्यो लाँकुरीबोट रहेको चौतारी बाटो खन्ने बुल्डोजरको निर्मम आक्रमणको निसाना बनिसकेको छ । त्यो चौतारी थोते र कुरुप बनेको छ । 

लमजुङ तुर्लुङकोट
सरर हावा चल्यो लाँकुरीको बोट

बीमाकुमारी दुराको कोइलीजस्तो स्वरले उरालेको त्यो लाँकुरीबोटको भौतिक अवस्था गीतजस्तो सुन्दर छैन, अहिले । बीमाकुमारी दुरा, कृष्ण गुरुङ, कृष्णसुधा ढुँगाना जस्ता लोकप्रतिभा र पाखुरामा जाँगर भएका गाउँले युवाहरुको अनुपस्थितिमा त्यो लाँकुरीको बोट एक्लो छँदैथियो, त्यसमा पनि भत्कन लागेका लाँकुरी चौतारीको दुरावस्था देखेर भित्री मन गहिरो गरी दुख्न थाल्यो । हामी खिन्न भएको मन लिएर 'तुर्लुङकोट गढी' हुँदै तुर्लुङकोटकोटको थाप्लोतिर लाग्यौं । उकालो लाग्दा देखिएका आँखाको अघिल्तिर नाँच्न आएका मनोरम प्राकृतिक भूदृश्यहरुले दुखेको मनलाई विस्तारै ओखतीमूलो गर्न थाल्यो । चौतारीको बेहाल देखेर चिमोटिएको मन विस्तारै निको हुँदै गयो । तुर्लुङकोटकोटको थाप्लोमा बाह्रमासे घाँटु, सोरठी, भजन र ठाडो भाकाका खालहरु जमेका थिए । तान्द्राङकोट-पुरानकोट पदमार्ग उद्घाटनको अवसरमा यसप्रकारको सांस्कृतिक एवम् सांगीतिक जनमघट आयोजना गरिएको थियो । यसप्रकारको जमघटमा मिसिन पाउँदा मन फुरुङ्ग भयो । बाल्यकालका सम्झनाहरु ताजा भए । पानी परेपछि मुर्झाएका फूलहरुजस्तै ।

= = =

शहरप्रतिको बढ्दो मोह गाउँमा अवसरहरुको अभाव आदि कारणले दुराडाँडा प्रतिपल खाली  बन्दै गएको छ । अहिले मणि हराएको सर्पजस्तै कान्तिहीन बनेको छ, दुराडाँडा । हुन त  दुराडाँडाको यो अवस्था नेपालका अधिकांश गाउँबस्तीहरुको साझा कथा पनि हो । थुप्रै सामाजिक सांस्कृतिक एवम् ऐतिहासिक निधिहरुबाट सजिँदै वैभवशाली विगत बोकेको यो ठाउँ विसर्जित हुनु र बिरानो बन्दै जानु दुर्भाग्यपूर्ण अवस्था हो । यस्तो लाग्छ, हामीले ममतामयी भूगोल र वैभवशाली इतिहासलाई सनैसनै बिर्सदै गइरहेका छौं ।

दुराडाँडा शाहवंशीय राजसंस्थाको उद्गम विन्दु हो । खजे दुरा र उनका तत्कालीन सहकर्मीहरुले दुराडाँडामा शाहवंशीय राजसंस्था स्थापना गरेको इतिहास छ सांगीतिक निधिको कुरा गर्दा प्रख्यात लोकगायक देउबहादुर दुराको जन्मथलो पनि हो, दुराडाँडा ।  वि.सं. २००६ साल भएको हलो क्रान्ति र त्यसको लगत्तै शुरु भएको शैक्षिक एवम् सामाजिक क्रान्तिका दुराडाँडाले थुप्रै चर्चा र प्रशंसा बटुल्यो । एक समयमा  दुराडाँडा एउटा राम्रो शैक्षिक गन्तव्य बनेको थियो । त्यहाँ छिमेकी जिल्ला र लमजुङकै अन्य भागबाट विद्यार्थी झुत्तिने गर्थे । आज शून्य बन्दै गएको दुराडाँडा त्यही थलो हो, जहाँ वि.सं. २००९ र २०१० सालमा क्रमशः 'राजनीतिक सम्मलेन' र 'शैक्षिक सम्मेलन' आयोजना गरिएका थिए । ती सम्मेलनमा देश सुधारका निम्ति घोषणपत्रहरु जारी गरिएका थिए । सामाजिक एवम् राजनीतिक चेतनाको दीयो बाल्ने दुराडाँडा कुनै समयमा आकर्षणको केन्द्रविन्दु थियो ।

क्रमिक रुपमा बिरानो र शून्य बन्दै गएको दुराडाँडामा अहिले आशाको त्यान्द्रो पलाएको छ । दुराडाँडाकै मेधावी व्यक्तित्व विष्णुहरि अधिकारीले अघि सारेको पर्यटन, समाज कल्याण र समाज विकाससम्बन्धी अवधारणाले हालको रिक्ततालाई  चिर्न  सहयोग गर्छ भन्ने आशा पलाएको छ । उनले अघि तान्द्राङकोट-पुरानकोट पदमार्ग होम स्टे विद्यालय सुधार र समाज सुधारका अन्य कार्यक्रमले विस्तारै गति िलंदै गएको छ ।  यसमा अरुको पनि सहयोग र समर्थन मिल्यो भने यो ठाउँ पुनः गुल्जार बन्नसक्छ । आशा गरौं यसले दुराडाँडाको हराएको सहकाललाई फेरि फर्काएर ल्याउनेछ । यहाँबाट बसाइँ सरेर जानेहरु फेरि यतै फर्किउन् । दुराडाँडाले यही पुकारा गरिरहेकी छिन् ।

[यसको संपादित भाग २०६८ साल फागुन २० गते नागरिक  दैनिकमा प्रकाशित । यसमा प्रयोग भएका तस्बिरहरु किरण न्यौपानेले खिच्नुभएको हो  ।   ]

[२०६९ ।०२ ।०३ ]

Wednesday, January 25, 2012

चाँदनी र दोधारालाई मुटुमा सजाउँदा...

-यमबहादुर दुरा
सानो छँदा सामान्य ज्ञानसम्बन्धी पुस्तकमा पढेको थिएँ, महाकाली नदी नेपाल र भारतबीचको सीमाना हो । साथसाथै मैले यो पनि पढेको थिएँ, चाँदनी र दोधारा महाकालीपरिको नेपाली बस्ती हुन् । नेपालको भौगोलिक अवस्थितिबारेको यसप्रकारको विरोधाभाषपूर्ण जानकारीले म आश्चर्यचकित भएको थिएँ । महाकाली नदीलाई नेपाल र भारत बीचको सीमाना मानिएको अवस्थामा महाकाली नदी पारि कसरी नेपाली बस्ती कायम हुनसक्छ ? मेरो मनमा यही जिज्ञासा थियो । यद्यपि यो सीमाना सन् १८१६ मा नेपाल र इष्ट इन्डिया कम्पनीबीच भएको "सुगौली सन्धि " पछि निर्धारण भएको हो  र यो नेपालको खुम्चिएको भूगोल हो भन्ने तथ्य पनि मनमै छ ।

समयक्रममा दोधारा र चाँदनीको बारेमा थप चर्चा-परिचर्चा सुन्ने मौका पाएँ । एकतिर मिडिया र अर्कोतिर अनौपचारिक माध्यमहरुमार्फत थप जानकारी बाहिरहरु आए । यस्ता चर्चा-परिचर्चाले पुराना जिज्ञासा मेट्दै गयो र नयाँ जिज्ञासाहरु थप्दै गयो । मैले बेला बखतमा सुन्ने गर्थें - दोधारा र चाँदनीमा नेपाली पैसा चल्दैन, त्यहाँ भारतीय रुपियाँमा कारोबार हुन्छ, त्यहाँ नेपाल सरकारको उपस्थिति छैन, त्यहाँका जनता प्राविधिक रुपमा मात्रै नेपाली हुन्, त्यहाँको जनजीवन भारतीय जीवनशैलीसित गाँसिएको छ, महाकाली नदीमा पुल नहुँदा दोधारा र चाँदनी नेपालको मूलभूमिबाट अलगथलग हुन पुगेका छन् । यी र यस्ता कुराहरु थाहा पाउँदा मभित्रको राष्ट्रियता नराम्ररी छट्पटाउँथ्यो । मन नमिठो गरी दुख्थ्यो ।
चाँदनी र दोधारालाई नेपालसंग जोड़ने पुल । तस्बिर: बीपी अनमोल
मलाई मनमनै लाग्थ्यो, चाँदनी र दोधारामा पुगेर त्यस भेगका नागरिकले भोग्नुपरेका पीरमर्कालाई नजिकबाट अनुभव गर्न पाए हुन्थ्यो । तर समय मिलिरहेको थिएन । लामो समयको प्रतीक्षापछि २०६२ सालतिर चाँदनी गाविसमा पाइला टेक्ने साइत जुर्‍यो । नेपाल प्रेस इस्टिच्यूट/क्षेत्रीय सञ्चार स्रोत केन्द्र (नेपालगञ्ज) ले आयोजना गरेको पत्रकारितासम्बन्धी तालिमको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्ने क्रममा महेन्द्रनगर पुगेको थिएँ । त्यतिबेला समय निकालेर चाँदनी गाविसको जमिनमा पाइला टेक्ने काम गरें। लामो र आकर्षक झोलुङ्गे पुल पार गरेर महाकाली पारिको चाँदनी गाविसमा पाइला टेक्न पाउँदा मन प्रफुल्लित थियो ।

त्यतिबेला नै महाकाली नदीपारिको भारतीय बजार वनबासा घुम्ने समय पनि निकालें । त्यसबेला नेपाल पत्रकार महासंघ (बाँके) का तत्कालीन सभापति निरज गौतमले आफ्नो मोटरमा राखेर वनबासा बजार घुमाइदिनुभएको थियो । वनबासातिर अघि बढ्ने क्रममा महेन्द्रनगरबाट लगभग ६ किलोमिटर पश्चिममा रहेको गड्डा चौकीनेरै भारतीय चेकपोष्ट देख्दा म छक्क परेको थिएँ । महाकाली नदी वारि नै भारतीय चौकी र भारतीय सीमा सुरक्षा बलको उपस्थिति देख्दा मलाई अनौठो अनुभूति भएको थियो ।

एकतिर महाकाली नदी पारिको नेपाली बस्ती र अर्कोतिर महाकाली नदीवारि नै भारतीय चेकपोष्ट । यी विरोधाभाषजस्ता लाग्ने दृश्य देखेर मेरो दिमाग रन्थनाएको थियो । यी परस्पर विरोधाभाषपूर्ण दृश्यले नेपाल र भारतबीचको भूराजनीतिक सम्बन्ध निकै जटिल छ भन्ने तथ्य राम्ररी अनुभूति भयो ।

अब फेरि चाँदनी र दोधारातर्फ नै जाउँ, जुन नेपालको मूल भूमिबाट टाढिएको नेपाली बस्ती हुन् । यसपटक म क्याम्पसको जाडो बिदामा मेची-महाकाली यात्रामा निस्केको थिएँ । यस क्रममा २०६८ साल माघ ३ गते लगभग ६ वर्षको अन्तरालमा चाँदनी गाविसमा पुगेको थिएँ । महाकालीपारि रहेका यी बस्तीको जीवनशैली र जनजीवनका अरु आयामहरु थाहा पाउने हेतुले म त्यता पुगेको थिएँ । महेन्द्रनगरस्थित महाकाली एफएममा कार्यरत बीपी अनमोलले मोटरबाइकमा राखेर चाँदनी गाविसको  पूर्वी भागमा पुर्‍याइदिनुभएको थियो । समयको सीमाबन्दीले त्यस  ठाउँभन्दा अघि बढ्न सकिएन ।

महाकाली नदीमाथि हालिएको पुलको पश्चिमी मुख (छेउ) मा दोधारा गाविसका बासिन्दा पप्पु गुरुङसंग चिनजान भयो । उहाँको पुख्र्यौली घर लमजुङ रहेछ । उहाँको पिता भारतीय सेनामा कार्यरत रहँदाको समयमा दोधारामा बसोबास गर्नुभएको रहेछ । उहाँबाट चाँदनी र दोधाराको बारेमा केही जानकारी प्राप्त भयो । उहाँका अनुसार बाटोघाटो र बजारको अभावमा चाँदनी र दोधारा गाविसका कृषि उत्पादन कि त मूल्य घटाघटमा बिक्री हुने गरेको छ कि त सडेर जाने गरेको छ ।

काठमाडौंबाट प्रकाशन हुने एक अंग्रेजी दैनिकले करिब २ वर्षघि दोधारा र चाँदनी गाविसका किसानले भोग्नुपरेको समस्याबारे समाचार छापेको थियो । समाचारअनुसार दोधारा र चाँदनी गाविसमा दैनिक ३ हजार ५ सयदेखि ४ हजार लिटरसम्म दूध उत्पादन हुने गरेको तर बाटोघाटो र बजारको अभावमा सदरमुकाम महेन्द्रनगरमा बिक्री हुने मूल्यभन्दा आधाभन्दा पनि कम मूल्यमा बेच्न बाध्यतामा त्यहाँका नागरिकहरु फसिसकेका छन् ।

यसैगरी, धनगढीबाट प्रकाशन हुने अनुमोदन दैनिकले २०६८ साल माघ ४ गतेको अंकमा चाँदनी गाविसको 'बेलबन्द सामुदायिक वन' मा उत्पादन हुने बेलले बजार नपाएको समाचार छापेको छ । १० बिघा क्षेत्रफलमा लगाइएको वनबाट वार्षिक रुपमा करिब ७ क्विन्टल बेल उत्पादन हुने गरेको भए पनि त्यसले बजार नपाउँदा स्थानीय किसान मर्कामा परेको कुरा पनि सो दैनिकले उठाएको छ ।

यी समस्याहरु त उदाहरणमात्रै हुन् । यहाँका नागरिकहरुले जनजीविका, जीवन रक्षा एवम् राष्ट्रियतासंग गाँसिएका असंख्य समस्या भोग्दै आएका छन् । भारतमा अपराध गरेर यस क्षेत्रमा लुक्न आउने अपराधी प्रवृत्तिका मानिसको खोजीमा भारतीय प्रहरी गर्ने ’रेड’, भारतीय सीमा सुरक्षा बलले बेलाबखतमा दिने यातना, आदिका दुःखद अध्याय यहाँका नागरिकको मनमस्तिष्कमा कम्प्युटरको ’मेमोरी चिप्स’ मा रहेजस्तै गरी साँचिएका छन् । प्रकारको दुःखदायी अवस्थाले मूल भूमिबाट टाढिएका दोधारा र चाँदनी गाविसका नागरिकहरुले उचित एवम् मर्यादित जीवन बिताउन नपाउने अवस्था पनि पैदा गरेको छ । यसबाट देशसंग अपनत्वको भावना टुट्ने खतरा रहन्छ । यस्तो अवस्थाले उनीहरुको मनमा रहेको राष्ट्रियताको भावना मेट्न  सहयोग गर्छ, जुन राष्ट्रियताको दृष्टिले घातक हुनसक्छ ।

चाँदनी र दोधारा गाविसले कञ्चनपुर जिल्लाको चुनावी राजनीतिमा महत्व पनि गहकिलो गरी बोकेको छ । त्यस जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा यी दुई गाविसको मत निर्णायक  हुन्छ । यस क्षेत्रका नागरिकको मत जसको पक्षमा गयो, उसैले चुनाव जित्ने अवस्था रहेछ । यति हुँदाहुदै पनि चाँदनी र दोधारा धेरै अर्थमा अपहेलित अवस्थामा छ ।

दोधारा गाविसको सीमावर्ती क्षेत्रका बालबालिकाहरु भारतीय स्कुलमा पढ्ने रहेछन् । अर्को कुरा, त्यस भेगका बासिन्दा बिरामी पर्दा भारतीय अस्पताल नै धाउने रहेछन् । दैनिक उपभोग्य वस्तुहरुको खरिद पनि भारतीय बजारमा नै हुने गरेको पाइन्छ । यहाँनेर, टाढाको आरनभन्दा नजिकको आँसी उध्याउने ढुँगा बढी लाभदायी हुन्छ भन्ने लोकोक्ति चरितार्थ भएको पाइन्छ ।

आउजाउ भएमा टाढाको साइनो पनि नजिकको साइनो बन्छ, आउजाउ नभएमा नजिकको साइनो पनि टाढाको साइनो बन्छ भन्ने भनाइ पनि यहाँ उत्तिकै शिरोधार्य देखिन्छ ।

नेपाली भूमि र नेपाली नागरिकलाई मूलथलोबाट टाढिन नदिन सरकारले विशेष कार्यक्रमहरु अघि सार्नुपर्छ । सन् २००५ अप्रिलमा निर्माण कार्य सम्पन्न भएको महाकाली नदीमाथिको १ हजार ४ सय ५४ मिटर लम्वाइ भएको झोलुङ्गे पुलले चाँदनी र दोधाराका बासिन्दालाई कन्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरसंग जोड्ने काम गरेको छ । अब त्यस पुलको रेखदेख गर्ने र मर्मत सम्भार गर्ने निकाय पनि हुन जरुरी छ । यतिले मात्र पुग्दैन । अब त्यस झोलुङ्गे पुलको सट्टामा मोटर नै गुड्न सक्ने पक्की पुल बन्न पनि आवश्यक छ ।

कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरबाट त्यस झोलुङ्गे पुलसम्मको दूरी १० दशमलव ५ किलोमिटर छ । त्यो बाटो कालोपत्रे भएमा त्यस भेगका नागरिकलाई आवतजावत गर्न सहज हुने देखिन्छ । उक्त बाटो कालोपत्रे गर्न माग गरेर स्थानीय नागरिकले विरोध कार्यक्रम अघि सार्दा पनि जनप्रतिनिधि र सरोकारलवाला निकायबाट यथोचित सुनुवाइ नभएको जानकारी पाइयो । त्यस बाटो पक्की भएमा महाकाली नदीमाथि बनेकोको झोलुङ्गे पुल हेर्न आउने पर्यटकको संख्या बृद्धि भई त्यस क्षेत्रमा सुविधासम्पन्न होटल र रेष्टुराँहरु बन्ने ठहर पत्रकार बीपी अनमोलको छ ।

बाटो कच्ची भएको कारणले सार्वजनिक यातायातका साधन नचल्दा सर्वसाधारण नागरिक महंगा वैकल्पिक माध्यम रोज्न बाध्य भएका छन् । त्यो बाटोमा मोटरबाइकले यात्रु ओसार्ने धन्दा फस्टाएको रहेछ । त्यस भेगका सर्वसाधारण नागरिक मोटरबाइक चालकलाई प्रतिव्यक्ति एक सय रुपियाँ तिरेर महेन्द्रनगर र महाकालीमाथिको पुलसम्म आउजाउ गर्न बाध्य भएका रहेछन् । उनीहरुले भोग्नुपरेको हैरानी र सास्तीप्रति सरकारको ध्यान जान आवश्यक छ ।

मूलभूमि  (Mainland)  बाट छुटिट्एको अवस्थामा रहेको भूखण्ड (Break-away land) को भूराजनीतिक र सामाजिक प्रभाव संधै गम्भीर र सम्वेदनशील हुने गर्छ । मुख्य भूमिबाट टाढिएका भूखण्डको नागरिकमा राष्ट्रि्रय भावना जागृत गर्न र त्यस भूखण्डलाई सुरक्षित तुल्याउन विश्वका कतिपय मुलुकका विशेष व्यवस्था अपनाएको पाइन्छ । नेपाल सरकार पनि विषयमा गम्भीर हुन आवश्यक छ । चाँदनी र दोधाराका नागरिकमा राष्ट्रिय भावना जागृत गराउन उनीहरुको जीवनवृत्ति (जनजीविका) र आत्मबललाई टेवा मिल्ने गरी विशेष कार्यक्रम अघि सार्नु आवश्यक छ । यसले चाँदनी र दोधारालाई नेपालको भूगोलसंग मात्र होइन, नेपाली मन र मुटुहरुसंग पनि जोड्ने काम गर्नुपर्छ । अनि मात्र संकटमा परेको राष्ट्र र राष्ट्रियतको जगेर्ना हुनसक्छ ।


[अद्यावधिक गरिएका मिति : २०६८ ।१० ।१३, ०६८ ।१० ।१५, ०६८।१०।२९, ०६८।११।१९, २०६९।०१।०७]

Thursday, January 19, 2012

नेता रामचन्द्र पौडेललाई प्रश्न

 -यमबहादुर दुरा
गाउँघर निरन्तर रित्तो बन्दै गइरहेको घडीमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले गाउँघरप्रति माया पोख्दै एक दैनिक अखबारमा लेख लेख्नुभयो । केही महिनाअघि प्रकाशित त्यस लेखको केन्द्रीय भावभूमि थियो, गाउँमा कृषि क्रान्ति हुनुपर्छ र गाउँ छाडेर गएकाहरु गाउँमै फर्कनुपर्छ । 

सैद्धान्तिक रुपमा तपाईँको लेख चित्ताकर्षक थियो । लेखको सैद्धान्तिक पक्षमा असहमति जनाउने कुनै आधार थिएन । तर पनि लेख पढेर सक्दानसक्दै मेरो मनमा तपाईँप्रति थुप्रै प्रश्नहरु उब्जिए ।

जगजाहेर नै छ, रामचन्द्र पौडेल वि.सं. २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको राजनीतिक परिदृश्यमा निरन्तर दृष्टिगोचर भइरहेको पात्र हुनुहुन्छ । तपाईँ नेपाली कांग्रेसको शीर्षस्थ नेतामध्ये हुनुहुन्छ । वि.सं. २०४६ सालपछि तपाईँले निरन्तर रुपमा चुवाव जित्दै आउनुभएको छ । राजनीतिक सफलताका िसंढीहरु उक्लदै जाँदा तपाईँ सांसद, मन्त्री, सभामुख एवम् उपप्रधानमन्त्रीको ओहोदामा पुगिसक्नुभएको छ । भाग्यले साथ दिएमा भविष्यमा प्रधानमन्त्री पनि बन्नुहोला ।  तपाईँलाई शुभकामना छ ।

एकपटक पुरानै प्रसंगतिर जाऔं । वि.सं. २०४८ सालको चुनावी अभियानको क्रममा तनहूँको बरभाज्याङ गाविसस्थित बिचारी चौतारीमा तपाईँले भन्नुभएको थियो रे - "गाउँबाट विस्थापित मनलाई आधुनिक सेवा र सुविधा दिएर गाउँमै बसौं बसौं बनाउने ।"  कति सुन्दर भावना ! तर भावनामात्र भएर पुग्दैन । व्यवहारिक पक्ष बलियो भएन भने त्यसको अर्थ रहँदैन । त्यसो भए त्यसको व्यवहारिक पक्ष कस्तो रह्यो त ?

"गाउँबाट विस्थापित मनलाई आधुनिक सेवा र सुविधा दिएर गाउँमै बसौं बसौं बनाउने" नारा दिएर तपाईँले चुनाव जित्नुभयो । यसपछि तपाईँको सत्तारोहरणको क्रम शुरु भयो । त्यसपछि गाउँघरको हालत के भयो ? यता तपाईँको सत्तारोहरणको क्रममा तीव्रता आयो, उता गाउँबस्ती उजािडंदै गयो । तपाईँले अघि सार्नुभएको नारा मार्मिक र तर्कसंगत हुँदाहुँदै पनि व्यवहारिक पक्ष कमजोर भएकोले त्यसले मूर्त रुप लिन पाएन ।  नाराले मूर्त रुप पाउनु त कता हो कता,  तपाईँको नाराविपरीत गाउँघर उल्टै हरघडी बिरानो बन्दै गयो ।


आजभन्दा बीस वर्ष अघि तपाईँले सार्नुभएको गाउँघरलाई हराभरा बनाउने नारा केबल नारामा सीमित भएको छ । आज गाउँघर हरपल बिरानो बन्दै गएको छ । गाउँबाट विस्थापित मनहरु गाउँमा पुनस्थापित हुन सकेको छैन । बरु ती मन प्रतिपल तीव्र गतिमा गाउँबाट विस्थापित भइरहेका छन् । निरन्तर रित्तिदै गएको गाउँघरका लागि एउटा नमीठो व्यंग बनेको छ, गाउँबाट विस्थापित मनलाई आधुनिक सेवा र सुविधा दिएर गाउँमै बसौं बसौं बनाउने भन्ने तपाईँको नारा । बच्चा हुर्किएपछिको चराको गुँडजस्तो उजाड बनेको छ, गाउँघर ।

यही पृष्ठभूमिमा नेता रामचन्द्र पौडेलतिर मेरा प्रश्नहरु सोझिएका छन् ।  तपाईँले देशको बागडोर सम्हालिसक्नुभएको छ । डाडू-पन्यू चलाउनुभएको छ । समयको विभिन्न कालखण्ड देशको बागडोर सम्हालेको बेलामा तपाईँले गाउँको विकासका लागि के कस्ता कार्ययोजनाहरु अघि सार्नुभयो ? योजनाकार र नीति निर्माताहरुसंग गाउँको विकासका लागि के कस्ता छलफल भए ? तपाईँबाट गाउँको विकासका लागि के कस्ता सत्प्रयास भए ?  यी प्रश्नको उत्तर पाउने हक नागरिकलाई छ । जवाफ दिनु तपाईँको नैतिक दायित्व पनि हो ।

गाउँलाई गुल्जार बनाउने सत्प्रयास असफल भएका  भने तिनलाई के कस्ता तत्वहरुले बाधा पुर् याए ? तपाईँको लेखमा यस्ता प्रश्नहरुको जवाफ आउनुपथ्र्यो । तर तपाईँ यी विषयहरुमा मौन देखिनुभयो । नागरिकले तपाईँबाट जे कुरा जान्न चाहेका थिए, त्यही कुरामा मौन रहनुभयो ।

राजनीति गर्नुको साँचो उद्देश्य हो, आफूलाई देश र जनताको सेवामा समर्पित तुल्याउनु । देश र जनताको सेवाका लागि रामचन्द्र पौडेल थुप्रैपटक सिंहदबार पुग्नुभयो । तपाईँले गाउँघरको गाह्रोसाह्रो र सिंहदरबारको गाह्रोसाह्रो र कमीकमजोरी दुबै देख्नुभएको छ । 

जनस्तरको समस्या र शासकीय सत्ताको भोगाइबाट गुजि्रसक्नुभएका तपाईँले अहिले आएर पनि उही सुगारटाइजस्तो गरेर गाउँको विकास हुनुपर्छ भनेर अभिव्यक्ति दिनु सामयिक ठहिरंदैन । देशको बागडोर सम्हालिसक्नुभएका तपाईँजस्तो व्यक्तित्वले स्पष्ट भाषा जनतालाई भन्नुपर्छ,  गाउँको मुहार उज्यालो बनाउने दिशामा हामी कहाँनेर चुकेका छौं ? यस दिशामा राजनीतिक नेतृत्व र नीतिनिर्माताहरु कहाँनेर चुकेका छन् ?  तपाईँको लेखाइमा यस्ता प्रश्नको उत्तर आउनुपथ्र्यो । तपाईँको लेखाइमा देशको परिस्थितिलाई रौंचिरा गरिएको विश्लेषणात्मक धारणा आउनुपथ्र्यो । अहिले आएर गाउँमा बस्नुपर्छ र गाउँमा कृषि क्रान्ति गरिनुपर्छ भनिरहनुमा कुनै तुक छैन । तपाईँले बीस वर्षअघि दिनुभएको मीठो नारा बीस वर्षपछि पनि किन नारामै सीमित हुनपुग्यो ?  लेखमा यसको उत्तर स्पष्ट रुपमा आउनुपथ्र्यो ।

गाउँको महिमा गाएर भाषण गर्ने र लेख लेख्ने कति नेताहरुको शहरमा घर बने ? उहाँहरुमध्ये कतिजना आफै गाउँ फर्केर उदाहरण बन्नुभयो ?  यस्ता कुराहरुको चिरफार हुन आवश्यक छ । देशको मूलधारे राजनीतिमा रहेर सत्ता र शक्तिको खेलमा बीस वर्ष बिताइसक्नुभएका तपाईँजस्ता शीर्षस्थ नेताले आत्मसमीक्षा गर्ने बेला आइसक्यो । गाउँको विकास हुनुपर्छ भन्ने सबैलाई थाहा छ । कसरी गर्ने भन्ने मुख्य कुरा हो ।  गाउँको विकासका लागि तपाईँले के के गर्नुभयो ?  गाउँको विकासका लागि के कस्ता पक्षहरु वाधक रहेको पाउनुभयो ? तपाईँबाट यस्ता कुराहरुको फेहरिस्त आउन आवश्यक छ । 

तपाईँजस्ता सत्ता र शक्तिको अभ्यास गरिसक्नुभएका नेताप्रति नागरिकका मनमा यस्तै जिज्ञासाहरु उब्जिएका छन् । नागरिकले तपाईँजस्ता नेताको आत्ममूल्यांकन खोजेको छ, आत्मप्रकाशन खोजेको छ । देशको भावी प्रधानमन्त्री हुने लाइनमा उभिनुभएका तपाईँजस्ता नेताले एकपटक आफैंतिर फर्किएर हेर्ने आएको छ । गाउँको मुहार फेरिने आशामा बसेका तमाम सर्वसाधारण नागरिकले हेर्न चाहेका छन्, तपाईँको छातीभित्र गाउँको तस्बिर छ कि छैन ?

{यो सामग्री अनलाइन अखबार नेपाली पोष्ट मा ०२ जनवरी २०१२ मा प्रकाशित भएको हो। यसको परिमार्जित रूप तरुण  सप्ताहिकमा पनि प्रकाशित छ}

[अद्यावधिक गरिएका मिति : २०६८१००९, ०६८१०११, ०६८१०१३, ०६८१०१५, ०६८११२३]