-यमबहादुर दुरा
वेद, पुराणजस्ता धार्मिक ग्रन्थहरु हजारौं वर्षअघि लेखिएका हुन् । ती ग्रन्थका गहिरा र ओजस्वी सन्देशहरु पूर्वीय समाज हुँदै पाश्चात्य समाजमा पनि अनवरत रुपमा प्रवाहित भइरहेका छन् । ग्रन्थमा लिपिवद्ध भएका यी सन्देशहरु मूलतः मौखिक रुपमै समाजमा प्रवाहित हुने गरेका छन् । निरक्षरता उन्मूलन नभइसकेको हाम्रोजस्तो समाजमा संचारको मौखिक माध्यम नै बढी प्रभावकारी छ । त्यसैले लिखित रुपमा रहेका ग्रन्थका सन्देशहरु कथावाचनको माध्यमबाट मौखिक रुपमा प्रवाह भएको हुनुपर्छ ।
नेपाली समाजको साक्षरतासम्बन्धी पृष्ठभूमि र सामाजिक एवम् सांस्कृतिक वास्तविकताहरुले सूचना प्रवाहको लिखित माध्यमभन्दा मौखिक माध्यमलाई बलियो गरी अंगीकार गरेको देखिन्छ । अक्षरका रुपमा रहेका सन्दर्भ सामाग्रीलाई आवाजमा बदलेर सुन्ने र सुनाउने पुरानो परम्पराले आज पनि निरन्तरता पाइरहेको छ चाहे त्यो साक्षरता दर कमजोर भएको पूर्ववर्ती समाज होस् वा साक्षरता दर उकालो लाग्दै गरेको वर्तमान समाज नै किन नहोस् ।
हाम्रो समाज मूलतः श्रुतिपरम्परामा आधारित छ । नेपाली समाजमा पूजापाठमा मन्त्रोच्चारण गर्नेदेखि आशीर्वचन दिनेसम्मका कुराहरु मौखिक रुपमै चल्ने गरेका छन् । हाम्रा लालाबालाले बाजे बज्यैका काखमा बसेर चाखलाग्दा लोककथा एवम मन्त्रोच्चारण सुन्नेदेखि लिएर अन्य उमेरका नागरिकहरुले पण्डित बसेको आसनलाई घिरिन्तै घेरेर धार्मिक एवम् आध्यात्मिक प्रसंगहरुलाई कथाको रुपमा रस मानिमानी सुन्ने प्रचलन हामीकहाँ छँदैछ । यसलाई वृहत्तर नेपाली संस्कृतिको एउटा हिस्सा नै मान्न सकिन्छ । शास्त्रका गहिरा र ओजस्वी प्रसंगहरुलाई कथात्मक शैलीमा मौखिक रुपमा सुन्ने र सुनाउने प्रचलनले धेरै अघिदेखि नै परम्पराकै रुप धारण गरेको छ । तिनीहरु अहिलेको सूचना प्रविधिसंगै जन्मिएको 'अडियो बुक' भन्दा कयौं गुणा शक्तिशाली एवम् प्रभावकारी छन् ।
शास्त्रका कुरा मुखमा ल्याएर वोधगम्य र लालित्यपूर्ण भाषामा कथा हाल्न सक्ने सिपालु कथावाचकहरुको हाम्रो समाजमा उच्च स्थान रहेको छ । कतिपय बूढापाकाले त तिनै कथावाचकहरुलाई भगवानकै रुप मानेर श्रद्धाभाव प्रकट गर्ने गरेको पाइन्छ । यतिमात्र होइन कतिपय अवस्थामा त नेपाली समाजका कथावाचक वा पण्डितहरु स्थानीयस्तरका शक्तिकेन्द्र पनि बन्ने गरेको पनि भेटिन्छ । यिनै आधारहरुमा भन्न सकिन्छ, श्रुतिपरम्पराले हाम्रो समाजसंग गहिरो नाता गाँसेको छ ।
गाउँघरमा विभिन्न समयमा आयोजना गरिने श्रीमद् भागवत, पुराण, सप्ताह, नवाह, स्वस्थानी व्रतकथा, रामायणजस्ता अनुष्ठानहरुमा सहभागी हुन आउनेहरु भक्तजन र सर्वधारणहरुले कथावाचकमार्पुत् लौकिक र परलौकिक विषयवस्तुसंग सम्बन्धित जानकारीहरु प्राप्त गर्छन् । यस्ता अनुष्ठानहरुले हाम्रा आध्यात्मिक तथा सामाजिक मूल्य मान्यताहरुलाई एउटा पुस्ताबाट अर्को पुस्तामा र एउटा वर्गबाट अर्को वर्गमा हस्तान्तरण वा विस्तार गर्न सघाउँछन् । यद्यपि वहुलवाद केन्द्रमा रहेको वर्तमान समयमा ती मूल्य मान्यताहरु छलफल र वादविवादको विषय भने निश्चय नै बन्न सक्छन् ।
कथावाचनले प्रधानता पाएको यस्ता अनुष्ठानहरुले शास्त्रमा उल्लिखित आध्यामिक र दार्शनिक मान्यताहरुलाई जनजनसम्म फैलाउने काम त गरेको छ नै त्यसका अतिरिक्त विविधतायुक्त नेपाली समाजलाई एकसूत्रमा बाँध्ने काम पनि गरेको छ । यी अनुष्ठानहरु आयोजना गर्दा हुने जमघटले सामाजिक सद्भाव विस्तार, अन्तरसामुदायिक सहकार्य र सामाजिक समीकरणको मीठो परम्परालाई नजनिंदो ढंगले योगदान दिइरहेको पाइन्छ । कथावाचन परम्पराको यी सुन्दर पक्षहरुलाई मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ ।
अर्कोतिर यस्ता अनुष्ठानहरुले लोककल्याणकारी काममा ठूलै टेवा दिने गरेको पाइन्छ । स्थानीयस्तरमा विद्यालय भवन वा क्याम्पस स्थापना गर्न सप्ताह वा अन्य यस्तै अनुष्ठानको चाँजोपाँजो मिलाएर गरेर करोडौं रकम जम्मा गरिएको समाचार मिडिया आउने गर्छन् । परनिर्भरताको सँस्कृतिले देशलाई निल्नै लागेको बेलामा आत्मनिर्भरताको सन्देशसहित आएका यस्ता समाचारलाई फगत समाचारको रुपमामात्र लिइनु हुँदैन, यिनलाई त देश निर्माणका क्रम प्रवाह भएका शुभसमाचारका रुपमा लिनुपर्ने हुन्छ ।
सानातिना कामका लागि पनि विदेशी दातृनिकायको मुख ताक्ने परिपाटीले नेपाली समाज परनिर्भर बन्दै गइरहेको घडीमा जनस्तरबाट स्वःस्फूर्त रुपमा लोककल्याकारी काममा जनलहर उठ्नु नितान्त वन्दनीय कार्य हो । एक हिसावले भन्दा कथावाचन परम्पराले नागरिकको मन जितेर रक्तपातविहीन ढंगले आर्थिक सामाजिक एवम् सांस्कृतिक क्रान्ति गरिरहेको छ । हामीलाई थाहै छ, नागरिकको मन जितेर गरिएको क्रान्ति नै दीगो र सफल हुन्छ । समाजलाई आत्मनिर्भरताको गोरेटोमा अघि बढाउन यस्ता कार्यहरुलाई हदैसम्म प्रोत्साहित गर्नुपर्ने देखिन्छ ।
कथावाचनको लामो परम्पराले धार्मिक र आध्यात्मिक क्षेत्रको कथामात्र भनिरहेको छैन, नेपाली समाजको रसायनशास्त्र र मेलमिलापको गाथा पनि गाइरहेको छ । यो गौरवगाथालाई हामी सबैले स्वर उरालेर गाउन आवश्यक छ । 'वहुजन हिताय वहुजन सुखाय' को मान्यतालाई आत्मसात गरेर समाजमा विद्यमान कथावाचन परम्परालाई वृहत्तर सामाजिक हितमा उपयोग गर्दा हामी सबैको हित हुन्छ ।
[२०६९ साल बैशाख २० गते 'मेलमिलापका लागि कथावाचन' शीर्षकमा राजधानी दैनिकमा प्रथम पटक प्रकाशित ]
[अद्यावधिक मिति : २०६९।०१।२१]